हेटौंडा–गजल मञ्च मकवानपुरको आयोजनामा हुने नियमित गजल यात्राको १८० औं शृङ्खला पूर्व अध्यक्षहरुको गजल बाचन विशेष बनाइएको छ । हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको शृङ्खलाको आयोजना गर्दै आएको गजल मञ्च मकवानपुरले शनिबार भर्चुअल माध्यमबाट आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कार्यक्रममा मञ्चका ५ जना पूर्व अध्यक्षहरुले ३÷३ वटा गजल बाचन गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष दूर्गा लामिछाने, दीपक गौतम, मिलन बन्जरा, मुस्कान तिमल्सिना र यश लामाले ३/३ वटा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी अन्य डेढ दर्जनभन्दा बढी गजलकारहरुले गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गजलकार मञ्चका सचिव केशव समर्पण, गजलकार श्रीराम अधिकारी, डिबी वर्तौला, मञ्चका सहसचिव विशाल अधिकारी, कोषाध्यक्ष मनु रेग्मी आशा, बालकृष्ण दाहाल, अम्बिका कार्की, प्रशन्ना चौलागाई, श्रद्धा बरालगायतले गजल बाचन गरेका थिए ।

कार्यक्रमकैबीच मञ्चका पूर्वअध्यक्षहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो । पूर्वअध्यक्षहरुको योगदानको कदर गर्दै बनाइएको सम्मानपत्र भर्चुअल माध्यमबाट पूर्वअध्यक्षहरुलाई पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here