हेटौंडा–मकवावनपुरको राक्सिराङ गाउँपालिकाको एक सय २५ घरको छाना फेरिने भएको छ । राक्सिराङ गाउँपालिकामा खरको छाना भएको घरहरुमा जस्ता खरिद गर्न गाउँपालिकाले अनुदान उपलब्ध गराएको छ । तर वर्षाको समयमा सबैले जस्ताको छाना हालिनसकेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
वर्षाका कारण सबै घरहरुमा जस्ता पुर्याउन नसकिएको बताउँदै मल्लले वर्षापछि सबै एक सय २५ घरमा जस्ता पुर्याएर खरको छानामुक्त गरिने बताए । गाउँपालिकाले आफ्नो स्रोतबाट २५ लाख र बागमती प्रदेश सरकारबाट प्राप्त २५ लाख गरी ५० लाख रुपैयाँमा खरको छाना विस्थापन गर्न लागेको हो ।घरमा जस्ता लगाउन प्राविधिकले स्टिमेट गरेअनुसार प्रतिघर २० देखि ५० हजार रुपैयाँसम्म जस्ता खरिदको लागि घरधनीको खातामा जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । आजको समृद्ध समाज दैनिकमा यो समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here