हेटौंडा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (साविकको अञ्चल आयुर्वेद औषधालय) हेटौंडाले आजदेखि सशुल्क रुपमा सेवा दिन सुरु गर्दैछ । यसअघि निशुल्क रुपमा सेवा दिँदै आएकोमा आजदेखि न्यूनतम शुल्क निर्धारण गरी सेवा पनि थप गरिएको हो ।

स्वास्थ्य केन्द्रकी प्रमुख डा. शृष्टि श्रेष्ठका अनुसार हाल प्रदान गर्दै आइरहिएको सेवाहरु अन्तर्गत ओपिडी सेवा, फिजियोथेरापी, पूर्वकर्म, पञ्चकर्म, योग क्षारसुत्र, प्रयोगशाला परीक्षणलगायतका सेवाहरुलाई सशुल्क बनाइएको हो । स्वास्थ्य केन्द्रमा ओपिडी सेवा लिएबापत २० रुपैयाँ तथा फिजियोथेरापीको सेवा लिएबापत एक सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

अन्य सेवाको पनि न्यूनतम शुल्क तोकिएको छ । स्वास्थ्य केन्द्रबाट हाल २३ किसिमका औषधिहरु निशुल्क वितरण गरिँदै आइएको छ । आजको समृद्ध समाज दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here