काठमाडौँ– पाकिस्तानसँगको तीन खेलको टी–ट्वान्टी सिरिज इंगल्यान्डले जितेको छ । तेस्रो टी–ट्वान्टीमा ३ विकेटको जित हात पारेसँगै इंगल्यान्डले तीन खेलको टी–ट्वान्टी सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।

गएराती म्यानचेस्टरमा भएको तेस्रो टी–ट्वान्टीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि मोहम्मद रिजवानले ७६ रन बनाए । जवाफी ब्याटिङ थालेको इंगल्यान्डले दुई बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसका लागि जेसन रोयले ६४ रनको योगदान दिए । तेस्रो जितसँगै इंगल्यान्डले तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here