हेटौंडा– मकवानपुरमा क्रियाशील ३ वटा लियो क्लवले अनाथ अपाङ्ग पुनस्र्थापन केन्द्रमा संयुक्त रुपमा खाद्यान्न वितरण गरेका छन् । लियो क्लब अफ हेटौडा मुक्तिनाथ, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन र लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्याराडाइजको संयुक्त आयोजनामा हेटौंडा–१४ मा रहेको पुनस्र्थापन केन्द्रलाई खाद्यान्न सहयोग गरेका हुन् ।

लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको कोषाध्यक्ष लियो अशोक सिंंहको जन्मदिनको अवसरमा करिब १५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको जनाइएको छ । लियो क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष सागर गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका निवर्तमान अध्यक्ष तथा वर्ष २०२१÷२२ का लागि लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक ३२५ बी का प्रोग्राम चियरपर्सन अफ लायन क्वेस्ट रमेश उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लियो लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका डिस्ट्रिक एडभाइजर राजन श्रेष्ठ र लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका प्रेसिडेन्ट एडभाइजर राहुल जलान, लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ अन्तर्गत को रिजन–६ का रिजन चिफ सुदिन पौडेल, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको संस्थापक अध्यक्ष तथा लियो डिस्ट्रिक काउन्सिल ३२५ बी कोडिस्टृक वोमन एन्ड चिल्डेन वेल्फेयर प्रोगाम चिफ शिखा भटराईलगायतकाको आतिथ्या रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here