मकवानपुर– हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन इङ्लिस सेकेन्डरी स्कुलको नृत्य प्रतियोगितामा उत्कृष्ट ३ जना छनौट भएका छन् । नवोदय डान्सिङ स्टार नाम दिइएको उक्त प्रतियोगितामा अश्मी घिमिरे, अपेक्षा विडारी, समिक्षा उप्रेती र दर्शना सापकोटा उत्कृष्ट घोषित भएका हुन् । भर्चुअल माध्यमबाट बुधबार भएको फाइनल प्रतियोगितामा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको नम्बरको आधारमा उत्कृष्ट तीन छनौट गरिएको थियो ।

भोटिङ र निर्णायकको आधारमा अपेक्षा विडारी र समिक्षा उप्रेतीले समान अंक हासिल गर्न सफल भएको क्रियटिभ आर्ट सीएका शिक्षक पर्वत राईले जानकारी दिए । ४४ जना विद्यार्थीबाट उत्कृष्ट २० बाट उत्कृष्ट १०, उत्कृष्ट ६ हुँदै बुधबार ३ जनालाई नवोदय डान्सिङ स्टार घोषणा गरिएको हो । भौतिक रुपमा विद्यालय सञ्चालन भएपछि उत्कृष्ट छनौट भएका विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय नृत्य निर्देशक महासंघका केन्द्रीय सदस्य सुरेन देसार, नवोदय विद्यालयका नृत्य शिक्षक पर्वत राई र विष्णुसेन ठकुरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका विद्यालयका निर्देशक दीपेश जोशीले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फोटन गर्ने भएकोले गर्दा प्रतियोगितालाई निरन्तरता दिइने बताए । क्रियटिभ आर्टका शिक्षकको संयोजनमा यस अघि नवोदय सिङ्गीङ स्टार प्रतियोगिता पनि सञ्चालन भएको थियो ।

कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनाललगायत विद्यार्थी, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रम सीएका शिक्षक पर्वत राईले धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here