हेटौंडा– हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा नवोदय मोडेल यूनाइटेड नेशनल (मुन) कार्यक्रम आयोजना हुने भएको छ ।

गतवर्षबाट सुरु भएको नवोदय मुन कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको सोमबार पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिएको छ । भर्चुअल प्रविधिबाट नवोदय सामाजिक क्लवको आयोजनामा नवोदय मुन कार्यक्रम यही साउन २०, २१ र २२ गते हुने छ । संयुक्त राष्ट्रसङ्घको अवधारणा अनुरुप कार्यक्रम हुने छ ।

तीन दिन सम्म कार्यक्रम सञ्चालन हुने छ । कार्यक्रमको संयोजक भूपेन्द्रप्रताप सिंहले कार्यक्रमले बालबालिकाको नेतृत्व विकास, विश्वका तत्कालिन स्थिति तथा जल्दोबल्दो घटना, समस्या र त्यस विषयमा राष्ट्रहरुको भूमिका, समस्या समाधान र छलफलको प्रक्रियासगँ बालबालिकालाई परिचित गराउने विश्वास व्यक्त गरे । यस्तै नौलो वातावरणमा निर्धक्क रुपमा आफ्ना भनाइहरु राख्न, संयुक्त राष्ट्रसङ्घको परिषदहरु तथा कार्यको व्यावहारिक ज्ञानको विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए ।

नवोदय मुनमा ६ वटा कमिटी तथा समितिहरु निर्माण गरी छलफल गरिने छ । कार्यक्रममा नवोदय विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरु र बुटवलमा रहेको एपेक्स विद्यालय र जनकपुरमा रहेको मोनास्टिक विद्यालयका ११ जना विद्यार्थी गरी कूल १ सय २० जना विद्यार्थीहरुले कार्यक्रममा सहभागिता जनाउने क्लवले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here