सांकेतिक तस्बीर

हेटौंडा– कोरोना भाइरस महामारी नियन्त्रणको लागि मास्क अभियानलाई कडाईका साथ पालना गर्न थालिएको छ । कोरोनाको संक्रमण न्यूनीकरणको लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई मकवानपुर प्रहरीले कडाईका साथ पालना गराउन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्ने ६ जना सर्वसाधारणलाई कारबाही गरेको छ । उनीहरुलाई एक सय रुपैयाँ जरिवाना तिराई मास्क लगाउने प्रतिवद्धता गराइएको हो ।

प्रहरी टोलीले शुक्रबार नै एक सय ७८ जना सर्वसाधारणलाई मास्क वितरण गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार मास्क अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक स्थलमा निगरानी बढाउनुका साथै मास्क लगाउन अटेर गर्नेलाई जरिवाना तिराउने अभियान निरन्तर सञ्चालन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here