हेटाैंडा- आँचल साहित्य कला पुञ्जको आयोजनामा कुशे औँशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा मंगलबार ‘बा’ विषयक कविता वाचन आयोजना गरिएकाे छ । उन्नाइस जना कविहरूले सहभागिता जनाएको उक्त कार्यक्रममा कविहरूले जीवनमा आफ्ना बुवाहरूले गर्ने मार्ग दर्शन तथा अभिभावकत्वका बारेमा कविता वाचन गरेका थिए ।

कवि तथा व्यङ्ग्यकार आर. सी. रिजालको प्रमुख आतिथ्यता तथा आँचल अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको सो कार्यक्रम प्रतियोगितात्मक रुपमा सञ्चालन गरेको थियो । भर्चुअल माध्यम जुमबाट सञ्चालन भएको सो प्रतियोगितात्मक कविता वाचन कार्यक्रममा कविहरू सुवास खनाल र शान्ति प्रियवन्दनाको संयुक्त निर्णयबाट नुवाकोटका सुविन रिमाल र मकवानपुरका प्रशिद्धिका लम्साल र रोश्नी चौलागाईँलाई उत्कृष्ट कविका रुपमा घोषणा गरिएको थियो ।

साहित्यकारहरू मुना अर्याल, पूर्णकला घिमिरे , आँचल सचिव भावना सापकोटा , साहित्य सङ्गम मकवानपुरका सचिव डिबी बर्तौला, झरना साहित्यिक परिवारका सचिव मसान उपासक लगायतको उपस्थिति रहेको सो कार्यक्रममा सविता तिमल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here