हेटौंडा– नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल हेटौंडा–१४ नम्बर वडा समितिको अध्यक्षमा ललितमान रुम्बा ‘विकास’ चयन भएका छन् । बिहीबार भएको भेलाले रुम्बाको अध्यक्षतामा ८० सदस्यीय वडा समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा रुपेश स्याङ्तान, सचिवमा विजय थिङ, कुमार तिमल्सिना, सहसचिवमा प्रकाश थोकर चयन भएका छन् । सदस्यहरुमा विनोद थिङ, प्रकाश थिङ, आशिष थिङ, दिनेश गोङ्बा, शुक्र स्याङ्तान, प्रकाश गोङ्बा, कमल मोक्तान, सागर लोप्चन, अभिषेक लामा, समिरजंग थिङ, महेन्द्र मोक्तानलगायत रहेका छन् ।

नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सदस्य गुरुप्रसाद दाहाल, समाजसेवी रामलाल थोकर, रामलाल थिङलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेसलाई थप दरिलो बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाएर लैजान सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।

पार्टीको नीति र सिद्धान्तको पूर्ण पालना गरी अघि बढ्न सबैलाई उनले निर्देशन दिए । नेपाल तरुण दल हेटौंडा–१४ का अध्यक्ष मनोजकुमार थिङको अध्यक्षतामा वडा भेला उद्घाटन कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here