हेटौंडा– प्रतिमान निमा मेमोरियल फाउन्डेशनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्नेगरी सामाग्री हस्तान्तरण गरिएको फाण्न्डेशनले जनाएको छ ।

बिहीबार प्रदेशको स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशबराज पाण्डे लगायतकाको उपस्थितिमा फाउन्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । फाउन्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एन् नाइन्टी फाइप मास्स एक हजार ८ सय। मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान लगायतका बिभिन्न सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नागरिकको स्वास्थ्यमा बिशेष ध्यानदिन प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय निर्माण गरिएको बताइन् । स्वास्थ्यको गम्भिरतालाई ध्यानमा राखेर प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाएको उनको भनाइ थियो । प्रदेश सरकारले तीनै तहका सरकारका बीचमा पुलको काम गर्न सक्ने बताउँदै कोरोनाको महामारीको समयमा सरकार एक्लैले भन्दा पनि सबैको सहयोगबाट नियन्त्रण गर्न सक्ने धारणा राखिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here