हेटौंडा–तत्कालीन नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल नेकपा समाजवादीमा प्रवेश गरेसँगै एमाले मकवानपुर पुनर्गठन गरिएको छ । पुनर्गठित एमाले मकवानपुरको अध्यक्षमा तत्कालीन उपाध्यक्ष बद्री लम्साल सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको भेलाले बद्री लम्सालको अध्यक्षतामा ३ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो ।

बैठकले एमाले मकवानपुरलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेअनुरुप तत्कालीन उपाध्यक्ष लम्साललाई जिल्ला अध्यक्षमा चयन गरेको हो । एमाले मकवानपुरको उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकलाल श्रेष्ठ र सह–सचिवमा लालबहादुर थापालाई चयन गरिएको छ ।

एमाले पोलिट्व्युरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । २०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजन पछि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेपछि पुरोनै संरचना अनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा जिल्ला समिति पुनर्गठित गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here