हेटौंडा– नेकपा एमाले निकटको जनसाहित्यिक मञ्च नेपालको बागमती प्रदेश संयोजकमा मकवानपुरका साहित्यकार मसान उपासक चयन भएका छन् । मञ्चको केन्द्रीय सचिवालय सदस्यसमेत चयन भएका मसानलाई प्रदेश संयोजकसमेतको जिम्मेवारी दिइएको हो ।
शनिबार भर्चुअल माध्यमबाट भएको भेलाले मकवानपुरे साहित्यकार सुनिल गौतमलाई मञ्चको केन्द्र्रीय सदस्य चयन गरिएको छ । भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यीय प्रदेश समिति पनि चयन गरेको छ । मसान र गौतमसहित मकवानपुरका दुई जनाले यो पटक केन्द्रमा स्थान पाएका हुन् ।

भेलाले राम बिनयको संयोजकत्वमा १०५ सदस्यीय केद्रीय आयोजक समिति, २५ सदस्यीय सचिवालय र ११ सदस्यीय कार्यालय समिति गठन गरेको छ । भेलाले प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनि प्रदेशमा हरी तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदुरपश्चिममा रामचन्द्र जोशी संयोजक चयन भएका छन् भने प्रदेश २ मा पछि संयोजक तोकिने भएको छ ।

बागमती प्रदेशमा संयोजक मसान उपासकसहित सदस्यहरुमा धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल, मकवानपुरका गणेश तिमल्सिना, चितवनका अम्बिका कार्कीलाई चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here