हेटौंडा– जनसाहित्यिक मञ्च मकवानपुरको आयोजनामा बाल दिवसको अवसरमा भएको विद्यालय स्तरीय कविता प्रतियोगितामा उत्कृष्ट ३ जना छनौट गरिएको छ । ३७ जनाले भाग लिएको उक्त प्रतियोगितामा उत्कृष्ट १० जना छनौट गरी मंगलबार एक कार्यक्रमकाबीच उनीहरुको कविता सुनेर उत्कृष्ट ३ छनौट गरिएको हो ।

उत्कृष्ट १० मध्येबाट पुजन ढुंगाना, रोश्नी चौलागाई र रियाज कार्कीलाई उत्कृष्ट ३ घोषित गरी पुरस्कृत गरिएको थियो । उनीहरुलाई नगद २/२ हजार रुपैया, पठन सामाग्री र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा तुलसी घिमिरे र सुवास खनाल निर्णायकको रुपमा रहेका थिए । जनसाहित्यिक मञ्च मकवानपुरका अध्यक्ष गणेश तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

नेकपा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, सहसचिव लालबहादुर थापा, जनसाहित्यिक मञ्चका केन्द्रीय सचिवालय सदस्य एवम् बागमती प्रदेश संयोजक मसान उपासक, केन्द्रीय सदस्य सुनिल गौतम, जनसांस्कृतिक महासंघ मकवानपुरका ईन्चार्ज आशाकाजी श्रेष्ठ, केन्द्रीय सदस्य चिरञ्जीवी थापा, जिल्ला अध्यक्ष राजुराम राउतलगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here