हेटौंडा– चोरी मुद्दामा कैद र जरिवाना तोकिएकोमा फरार रहेका हेटौंडाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ निवासी भुपाल थिङलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मकवानपुरबाट एक महिना १५ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । हेटौंडा–१४ बाट पक्राउ परेका प्रतिवादी थिङलाई कैद तथा जरिवाना भुक्तानको लागि अदालतमा पेश गरिएकोमा तोकिएको जरिवाना तिर्न नसकी जरिवाना बापतको कैद समेत गरी २ बर्ष १० महिना १५ दिन कैद भुक्तानको लागि क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here