हेटौंडा– नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्वियुले संविधान दिवसका अवसरमा आज आइतबार दीप प्रज्वलन गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितलमहलचोकमा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन भएको थियो ।
कार्यक्रममा पार्टी उपाध्यक्ष मीनाकुमारी लामा, अनेरास्ववियुका स्थायी कमिटीका सदस्य सुलभ अधिकारी, केन्द्र्री सदस्य गिरिजा अधिकारी, युवा संघ मकवानपुरका अध्यक्ष किरणमान बललगायत युवा तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गरेका अनेरास्ववियु मकवानपुरका अध्यक्ष एवं केन्द्रीय कमिटिका सचिवालय सदस्य अरुण बर्तौलाले संविधान सिद्याउन लागिपर्नेका विरुद्द विद्यार्थी आन्दोलनमा होमिने बताए । संविधानको प्रतिरक्षाका लागि आफूहरु तयार रहेको बताउँदै विद्यार्थी नेता बर्तौलाले संविधान मास्नेलाई तह लगाउन आवश्यक परे आन्दोलनमा होमिने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here