हेटौंडा– मकवानपुरमा क्रियाशील अग्रज, आदिवासी जनजाति पत्रकारलाई सम्मानित गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाको आईतबार हेटौंडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आदिवासी जनजाति पत्रकारहरुलाई प्रोत्साहित गर्न कोष स्थापना गरेर नियमित सम्मान गर्ने निर्णय गरेको फोनिजका जिल्ला उपाध्यक्ष अशोकसुजन श्रेष्ठले बताए । कोषका लागि फोनिजले सबै सहयोगीलाई आर्थिक सहयोग गर्न आग्रह समेत गरेको छ ।

बैठकले जिल्लामा रहेका आदिवासी जनजाति पत्रकारको विवरण अद्यावधिक गर्न उपाध्यक्ष श्रेष्ठकै संयोजकत्वमा ३ सदस्सीय समिति पनि गठन गरेको छ । समितिको सदस्यहरुमा सचिव नवराज वाईबा र कोषाध्यक्ष रुपा गुरुङ रहेका छन् ।

बैठकले फोनिज मकवानपुरको कोषाध्यक्ष शुभराज भोम्जन विदेशमा रहेकाले कोषाध्यक्षमा रुपा गुरुङ र सहसचिवमा मीना श्रेष्ठलाई जिम्मेवारी तोकेको छ । यसअघि गुरुङ सहसचिव र श्रेष्ठ कार्यसमिति सदस्य रहेका थिए । फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय पार्षद् सुरेश श्रेष्ठ र नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here