हेटौंडा– नेकपा माओवादी केन्द्रको मनहरी–५ को वडा कमिटी अध्यक्षमा गोविन्द सापकोटा चयन भएका छन् । मंगलबार डिल्लीपुरमा एक भेलालेल सापकोटाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा सुब्बाप्रसाद शिलवाल, सचिवमा कान्छाराम मुक्तान, सहसचिवमा कुमार सुबेदी, कोषाध्यक्षमा शारदा सुबेदीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा श्यामबहादुर घलान, हिरालाल पाख्रिन, चन्द्रबहादुर रुम्बा,लिलाबहादुर रुम्बा, कृष्णप्रसाद लामिछाने, कुमार राना, सन्तबहादुर वाइबा, रिता रुम्बा, मिठू रिजाल, मोहन दर्लामी, अशोक स्याङ्तान, जीवन विष्ट, सुनमाया थिङ, बद्रीप्रसाद रिजाल, चन्द्रबहादुर राई, भरत मुक्तान, केदार खद्का क्षेत्रीलगायत रहेका छन् ।

माओबादी केन्द्र मनहरी– ५ का अध्यक्ष कृष्णप्रसाद रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्र बागती प्रदेशका सदस्य बिर बहादुर घलान (ज्वाला), मनहरीका ईन्चार्ज राज कुमार पाख्रिन, गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, वाईसिएिल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाँक्री) ,गाउँ कमिटी सदस्य केशब सुबेदी लगातयकाको उपस्थिति रहेको थियो ।

भेलामा बोल्दै नेकपा माओबादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले एमाले अध्यक्ष केपी शर्मा ओलीको अराजक गतिविधिका विरुद्ध पार्टीबाट विद्रोह गर्न आवश्यक रहेको बताइन् । माओवादीकी केन्द्रीय समेत रहेकी मोक्तानले सम्पुर्ण जनतालाई एकजुट भई उक्त अभियानमा साथ दिन आह्वान गरिन् । कार्यक्रमलाइ नेकपा माओवादिका ५ नम्वर वडा इन्चार्ज दिपेन्द्र अधिकारिले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here