हेटौंडा– हेटौंडा बजारमा चाडपर्व केन्द्रित अनुगमनलाई तीव्र पारिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको अनुगमन टोलीले दैनिक उद्योग तथा पसलको अनुगमन गरिरहेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा मंगलबार १६ वटा खाद्यान्न तथा किराना पसल, १० वटा भाडा पसल, ३ वटा सुन पसल, ४ वटा फेन्सी पसल, मोबाइल, ग्यारेज, पेट्रोल पम्पलगायतमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा केही किराना तथा खाद्यान्न पसलहरुबाट म्याद गुज्रिएका खाद्य वस्तु जफत गरिएको छ भने तीन वटा फेन्सी पसललाई जरीवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय हेटौंडाको प्रतिनिधिसमेतको अनुगमनमा हेटौंडाको स्कुलरोडस्थितको तीन वटा फेन्सी पसललाई जरिवाना गरिएको हो । खाता अद्यावधिक नगरेको र नियमित बिल बिजक जारी नगरेको भन्दै हेटौंडा कलेक्सन र न्यू पजल कलेक्सन पसललाई ५÷५ हजार रुपैयाँ र युभीएस फेसन पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

उनका अनुसार, आज दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुर, आन्तरिक राजस्व कार्यालय हेटौंडा, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिको संयुक्त उपस्थितिमा अनुगमन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here