हेटौंडा– बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी कात्तिक १ गतेदेखि लागू हुनेगरी काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशभर हालको दरमा २३ प्रतिशतले वृद्धि गरी नयाँ भाडदर तोकेको हो ।

काठमाडौं उपत्यकाकाको लागि भने सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तोकिएको छ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा निर्धारण गरिएको छ । तोकिएको यो भाडादरमा यात्राुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा साथमा लैजान पाउने बुधबारको मन्त्रीस्तरीय निर्णय गरिएको हो ।

प्रदेश भाडा निर्धारण/समायोजना तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावलीअनुसार भाडा निर्धारण सिफारिस समिति गठन गरी सो समितिको प्रतिवेदनको आधारमा मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन गरिएको प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव अशोककुमार शाहले जानकारी दिए ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here