हेटौंडा– बस्तीपुर जेसीज हाँडीखोलाले नेपालीहरुको प्रमुख चाड बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

बस्तीपुर जेसीज हाँडीखोलाको सचिवालय बस्तीपुरमा आज बिहान दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको हो ।
बस्तीपुर जेसीज हाँडीखोलाका वर्ष सन् २०२१ का अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा वर्ष सन् २०२१ को प्रमुख अध्यक्ष सल्लाहकार विदुरविक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

जेसीजका सन्देश पण्डितको संयोजकत्वमा भएको कार्यक्रममा बस्तीपुर जेसीज हाँडीखोलाका निवर्तमान अध्यक्ष जयराम सुबेदी, वर्ष २०२१ का बोर्ड सल्लाहकार नवराज उप्रेतीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीज कार्यसमितिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here