हेटाैंडा – नेकपा (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को वडा कमिटीको शनिबार सपथ ग्रहण गरिएको छ ।

बैकुन्ठ सापकोटाको अध्यक्षतामा गठित ३५ सदस्यीय पार्टी वडा कमिटीलाई बडा दशैं, तिहार, छठ तथा नेपाल सम्वतकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सहित सपथ ग्रहण गरिएको हो ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले एमाले अध्यक्ष केपी शर्मा ओली संसदप्रति जिम्मेवार नबनेको बताए । दुई तिहाई जनमतलाई ओलीले थाम्न नसकेको बताउँदै संसद देख्न नचाहनेले चुनावमा गएर बहुमत ल्याउछु भन्नुको कुनै अर्थ नरहेको बताए । संसदमा बलियो हुँदा संसद विघठन गर्ने र कमजोर हुँदा पनि संसद चल्न नदिने ओलीको संसदमा उपस्थिती नै किन भन्ने प्रश्न रहेको बताए ।
सो अवसरमा पार्टी हेटौंडा ८ नम्बर वडा सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ । कार्यक्रममा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य ललित बस्नेत, पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोख्रेल, पार्टी प्रदेश कमिटीका सचिव विष्णु दाहाल लगायत जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here