हेटौंडा– निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् ।

शनिबार भएको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिका उपाध्यक्षमा अरविन्द्रकुमार झा, सचिवमा श्यामकुमार बानियाँ, कोषाध्यक्षमा अरुण पराजुली र सदस्यहरुमा गौरी चिमरिया, विजय तामाङ, प्रतिमा डंगोल, सुदिपराज गिरी र विश्व नारायण श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रम प्याब्सन हेटौंडा नगर समितिका निवर्तमान अध्यक्ष राजकुमार नहर्कीको अध्यक्षता तथा प्याप्सनका केन्द्रीय कोषाध्यक्ष ग्रेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्याप्सनका केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठ, केन्द्रीय सदस्य मदन कुमार दाहाल, प्याब्सन मकवानपुरका कार्यबाहक अध्यक्ष बिनोद सुवेदी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच शिक्षा क्षेत्रमा पत्रकारितामार्फत योगदान दिएको भन्दै पत्रकार हरि हुमागाईलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा हेटौंडाका निजी बिद्यालयमा प्रधानध्यापको रुपमा लामो समयदेखि काम गरिरहेका महिला प्रधानाध्यापकहरुलाई पनि सम्मान गरिएको थियो ।

रेडरोज इङलिस बोर्डिङ स्कुलका प्रधानध्यापक सरिता भण्डारी, हेटौंडा एकेडेमीका प्रधानाध्यापक गौरी चिमरिया, सोलिड्यारिटी इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रिना आचार्य, कमाने एकेडेमीका प्रधानाध्यापक प्रतिमा डंगोल, सेमिनरी एकेडेमीका प्रधानाध्यापक शोभा थापा, प्याप्सन मकवानपुरका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठलाई प्याब्सनले सम्मान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here