हेटाैंडा- बागमती प्रदेशसभाकाे आइतबारबाट सुरू भएकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठक मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकाे विश्वासकाे मत प्रस्तावसँगै लामाे समयकाे लागि स्थगित गरिएकाे छ । सभामुख सानुकुमार श्रेष्ठले हिउँदे अधिवेशनकाे अर्काे बैठक कात्तिक ४ गतेसम्मलाई सारेसँगै अल्पमतमा रहेकी शाक्य नेतृत्वकाे सरकारकाे अायु थप लम्बिएकाे हाे ।

आइतबारकाे बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सुनाउँदै दलका नेताहरुलाई भनाइ राख्न दिएका थिए । सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ, समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डे, नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौला, रमेश पौड्याल, सुरेन्द्रराज गोसाई, रिता माझी, प्रेमबहादुर तामाङले शुभकामना सहित आफ्ना भनाइ राखेका थिए ।

बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधा धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सोही नियमावलीको नियम १४३ उपनियम २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्ताव दर्ता गराएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here