हेटाैंडा- मनहरी -४ ट्वाङग्रामा रहेको बनकरिया बस्तीमा दसैं मनाउनकाे लागि रेडियो सरोवरद्धारा सहयाेग गरिएकाे छ । सराेबरका स्टेशन म्यानेजर राजु शाश्वत लामिछानेले लोपोन्मुख बनकरिया समुदायलाई दशैं मनाउन पाडो उपलब्ध गराइएकाे हाे ।

वनकरिया बस्तीमै पुगेका समाजसेवी राजेन्द्र सिम्खडा र सुरेन्द्र भट्टराईले पनि चिउरा र मसला सहयोग गरेका छन् । बनकरिया बस्तीमा दशैं मनाउन समस्या भएको जानकारी आएपछि सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्धेश्यले मासुका लागि पाडाे खरिद गरेर दिइएकाे स्टेशन म्यानेजर लामिछाने बताए ।

दसैं मनाउन सहयाेग गरेकाेप्रति अगुवा सन्तमाया बनकरियाले खुशी व्यक्त गरिन् । मकवानपुरमा मात्रै बसोबास रहेको बनकरिया समुदायको मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रामा २० घरधुरी रहेका छन् । उनीहरुको आफ्नै स्वामित्वमा जमिन पनि छैन । खोलामा माछा मार्ने र जंगली कन्दमूल खाएर बनकरियाले आफ्नो जिविका चलाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here