हेटौंडा– जेसीआई हेटौंडा लेडी जेसीजले बडादशैंको अवसरमा मकवानपुरका विभिन्न बालगृहमा आश्रित बालबालिकालाई मासु र चिउरा सहयोग गरेको छ । जेसीआई हेटौंडा लेडीले आइतबार भीमफेदी गाउँपालिकास्थित भीमफेदी बालगृह किताब राख्ने ३ थान दराजसहित ३० केजी कुखुराको मासु र २० केजी चिउरा सहयोग गरेको हो ।

यस्तै, सोमबार हेटौंडा–११ स्थित मामाघर नेपालमा २५ केजी मासु र २० केजी चिउरा तथा हेटौंडा–५ स्थित हाम्रो घर बालगृहमा ३५ केजी मासु र २० केजी चिउरा सहयोग गरेको छ । कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, नेपाल बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगर, जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको उपस्थिति रहेको थियो ।

जेसीआई हेटौंडा लेडीका पदाधिकारी तथा सदस्य एवम् गैरजेसीजमार्फत सहयोग संकलन गरी कुल ६२ हजार ७ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् । भीमफेदी बालगृहमा ३१ जना, मामाघर नेपालमा २२ जना र हाम्रो घरमा २७ जना बालबालिका आश्रित छन् । ‘मेरो दशैं खर्च बालबालिकालाई’ भन्ने अवधारणासहित बालगृहमा आश्रित बालबालिकालाई सहयोग गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here