मनहरी – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ र वडा नम्बर ५ जोड्न राप्ती खाेलामा अस्थायी पुल निर्माण भएको छ ।

चाडबाडको बेला स्थानीय वडाबासीलाई आवतजावतमा सहज बनाउनको लागि मनहरी ९ को रजैया र ५ नम्बर वडाको दर्दरा बसन्तपुर र डिल्लीपुर जोड्ने अस्थायी पुल निर्माण गरिएकाे हाे । स्थानीय अगुवा नेता रामप्रसाद कलाखेली, दिपेन्द्र अधिकारी र गोबिन्द सापकोटाको अगुवाईमा पुल निर्माणकाे काम गरिएकाे थियाे ।

५ नम्बर वडाबाट अस्थायी पुल निर्माणको लागि ३ लाख बजेट समेत छुट्याएको थियो । काम गर्दै जाँदा ६ वटा हिमपाइप अपुग भएपछि गाउपालिकाबाट थप २ लाख दिने बचन भएको निर्माण समितिका अध्यक्ष गोबिन्द सापकोटाले बताए । लाखाैं खर्च गरेर बर्सेनि बनाइने अस्थायी पुल वर्षाकाे बाढीले बगाउने गर्दछ ।

सो पुलमा हाल साना-मझौला सवारीसाधन मात्र आवतजावत गर्न सकिने अवस्था रहेको छ । पानीको बहाबब घटेपछि सबै सवारीलाई सहज बनाउने तयारीमा रहेकोले मालबाहक सवारी तत्काल नगुडाउन समितिका अध्यक्ष सापकोटाले अनुराेध गरे । ५ नम्बर वडा जोड्ने दुइवाट झोलुङ्गे पुल भएपनि सानासवारी आवतजावतमा समस्या हुने भएकाले बर्सेनि अस्थायी पुल बनाउने गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here