हेटौंडा–बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दल फुटाउने अध्यादेश ल्याएर नेकपा एमाले टुक्रिएसँगै देशमा राजनीतिक अस्थिरता बढेको आरोप लगाएकी छन् । प्रदेशसभामा आफ्नो विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा कमजोर भएको बताइन् ।

देउवा नेतृत्वको सरकारले अध्यायदेश ल्याएर दल फुटाउन मार्ग प्रसस्त गरिदिनु गलत भएको उनको टिप्पणी थियो । आफू संयुक्त एमालेबाटै मुख्यमन्त्री बनेको बताउँदै उनले पार्टी फुटेसँगै आफूलाई समर्थन गरेका सांसदहरुले नै फरक गतिविधिमा लागेको स्मरण गरिन् ।

मुख्यमन्त्री पौडेलले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको कार्यकाल र आफ्ना कार्यकालमा भएका कामहरुको फेहरिस्तसमेत प्रस्तुत गरिन् । बागमती प्रदेश सरकार र आफ्नो पार्टी एमाले प्रदेशको विकासमा प्रतिवद्ध रहेको उनले बताइन् । प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न प्रदेश सरकार सफल पनि उनले सुनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here