हेटाैंडा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पुस्तान्तरण भन्दा रूपान्तरणकाे बढी आवश्यकता रहेकाे भन्दै पार्टीले सही विधि र पद्दति मिलाएर काम गर्नपर्ने बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुरले मंगलबार हेटाैंडामा आयोजना गरेकाे शुभ दिपावली, छठ र नेपाल सम्वतका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बाेल्दै नेता पाैडेलले वर्तमान सभापति शेरबहादुर देउवाकाे कार्यशैलीप्रति पनि आलाेचना गरे । पार्टीभित्र पुस्तान्तरणकाे बढी बहस हुने गरेकाे भन्दै उनले रुपान्तरण भएर मात्र जनताकाे मन जित्न सक्ने तर्क गरे ।

साढे पाँच वर्षको अवधिसम्म पनि कांग्रेसले आफ्नो पार्टी भित्रको चुनाब गराउन नसकेकाे भन्दै अन्य चुनावमा भाग लिन सक्छकी सक्दैन ? भन्दै प्रश्न गरे । पार्टीको क्रियाशिल सदस्यको विवाद अझै नटुङ्गिएकाेप्रति पनि उनले असन्तुष्टी पाेखे ।

कम्युनिष्टले प्रजातन्त्र र लाेकतन्त्रकाे रक्षा गर्न नसक्ने भन्दै उनले कांग्रेसले त्यसकाे जिम्मा लिनसक्ने हुनुपर्नेमा जाेड दिए । कांग्रेस कमजाेर भए लाेकतन्त्र र गणतन्त्र कमजाेर हुने उनकाे तर्क थियाे । पार्टीमा थोरै मान्छे लिएर पाटी कब्जा गर्ने परिपाटी त्याग्न नेतृत्वलाई सुझाब दिए । कांग्रेसको महाधिवेशनमार्फत सबल नेतृत्व स्थापित गर्नुपर्नेमा उनकाे जाेड थियाे ।

नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here