घटनापछि आगजनी गरिएको बस । तस्बिर स्रोतः गणेश दर्पण अधिकारी

हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ स्थित नेवारपानीमा गए राति देउसी खेल्दै हिँडेका पैदल यात्रुलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा–१९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ वर्षीय प्रेमबहादुर सिं ठकुरी रहेका छन् ।

हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसको ठक्करबाट ९ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जना सामान्य घाइतेको उपचारपछि राति नै घर पठाइएको छ भने बाँकी ८ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुमध्ये ५ जनाको हेटौंडाको चुरेहिल अस्पताल र ३ जनाको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

गएराति करिब १० बजेको समयमा दूर्घटना भएको हो । घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरी पूर्ण रुपमा नष्ट गरिदिएका छन् । सडकमा आगो लागिरहेको बसका कारण केही समय राजमार्ग अवरुद्ध भएता पनि अहिले सबै अवरोध हटिसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here