हेटौंडा–पुर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरस्थित सडकमा गएराति बस र ट्रक एक आपसमा ठक्कर खाई दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जनकपुर बाट काठमाडौंतर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ –०३००१ ख ५०३५ नम्बरको खाली ट्रक गए राति एक आपसमा ठोक्किएको थियो ।

दूर्घटनामा ३०–३५ बर्षीय र २०–२५ बर्षीय दुई जना पुरुषको मृत्यु भएको र उनीहरुको नाम ठेगाना खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका १६ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको रिमालले बताए । दूर्घटनामा ट्रक चालक पनि घाइते भएको र उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here