हेटौंडा– विश्व मधुमेह दिवसको अवसरमा हेटौंडाको चिल्ड्रेन पार्कमा आइतबार प्रेसर र मधुमेहको निशुल्क परीक्षण गरिएको छ । लायन्स कल्ब अफ हेटौंडा भुटनदेवी तथा लियो कल्ब अफ हेटौंडा भुटनदेवीको आयोजनामा भएको कार्यक्रममा ९१ जनाले सेवा लिएका थिए ।

हेटौंडामा रहेको पञ्चमुर्ति आयुर्वेद क्लिनिकले मधुमेह र प्रेसरको जाँच सेवा निशुःल्क उपलब्ध गराएको थियो । परीक्षणमा सहभागी हुनेहरुलाई खानपान तथा जीवनशैली सुधारको लागि सल्लाह तथा सुझाव दिइएको थियो । साथै मधुमेहको औषधीसमेत निशुल्क प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन्स कल्बका अंकिता सुमार्गी, गायत्री श्रेष्ठ, शरिदी श्रेष्ठ, पञ्चमुर्ति आयुर्वेद क्लिनिकका डाक्टर नितेश कुमार गिरी, बन्दना नेपाललगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here