हेटौंडा-मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको अति सिमान्तकृत वनकरिया समुदायले अाफ्ना समस्याहरु जनप्रतिनिधिसमक्ष राखेका छन् । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा अाइतबार भएकाे नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरुसमक्ष वनकरियाले अाफ्ना समस्याहरु राखेका हुन् ।

अन्तरक्रियामा वनकरियाहरुले वषौंदेखिको जंगली जीवन छोडेर पछि बस्दै आएको जमिनको लापलपुर्जा पाउनुपर्ने, गाउँमा बिद्यालय, खानेपानी, सडकको उचित व्यवस्था गर्न माग गरेका छन् । यता प्रदेशसभाका सदस्यहरुले वनकरियाको समस्या समाधान गर्न तीनै तहका सरकारलाई दवाव दिने प्रतिवद्धता जनाएका छन् । संसदीय र राज्यका मामिलामा संलग्न हुनु र जानकारी पाउनु नागरिकको अधिकार भएकाले नागरिकसंग प्रत्यक्ष संवाद कार्यक्रम राखिएको जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईंले बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वनकरियाका कारण मकवानपुरको चिनारी भएको वरबताए । बस्तीलाई व्यवस्थित बनाउनका लागि आफुहरुले तीनै तहका सरकारलाई दवाब दिने उनले बताए । वनकरिया मसुदायले पनि लालपूर्जा पाउने चरणमापुग्दा भूमि आयोगनै खारेज भएकोमा आपत्ति जनाए ।

बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफुले आफुलाई वनकरिया हौं भनेर हिनताबोध नगरीकन काम गर्नका लागि आग्रह गरिन् ।
बागमती प्रदेशसभाका सदस्य सन्त चेपाङले वनकरियाका समस्याहरु बुझ्नैका लागि आफुहरु गाउँमै आएको बताए । सिमान्तकृत लोपन्मुख समुदायको समस्या बुझेर त्यही अनुसार काम गरिने उनले बताए ।

बागमती प्रदेशका प्रदेशसभाका सदस्य ओम बहादुर ग्लानले वनकरियाहरु पनि अब आत्म निर्भर बन्नका लागि लाग्नुपर्ने बताए । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले यहाँको वस्तीलाई स्थायी गराउनका लागि संघीय सरकारसंग पहल भइरहेको बताए । कार्यक्रममा मनहरी–४ का वडा अध्यक्ष ध्रुव खड्काले बस्तीका लागि सबै सांसदले ध्यान दिनुपर्ने बताए ।

जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले सांसदहरुले समुदायमै गएर छलफल गर्दा स्थानीयहरुका समस्या नजिकबाट जानकारी पाउने र सरकारलाई दवाव दिन सहज हुने बताए । कार्यक्रममा आफ्ना गाउँको समस्या पोख्दै स्थानीय सन्तोष वनकरियाले बषौदेखि जग्गाको उपभोग गर्दै आएका तर, आफ्नो नाममा नहुँदा समस्या भएको गुनासाे गरे ।

स्थानीय ठूलीमाया वनकरियाले आफूहरु पहिले जंगलका अाेडारमा बसेको भएपनि अहिलेको पुस्तालाई स्थायी बस्तीका बस्ने वातावरण मिलाउनका लागि सांसदसंग माग गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here