हेटौंडा– गजल मञ्च मकवानपुरले शनिबार १८४ औं गजल यात्रा सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गजलकार तथा गीतकार तुलसी घिमिरे, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्यलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा डिबी वर्तौला, अनिता न्यौपाने, देवराज तिवारीलगायतले गजल बाचन गरेका थिए । मञ्चले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here