हेटौंडा– हेटौंडा–९ स्थित मानव सेवा आश्रममा शनिबार निशुल्क मधुमेह जाँच तथा सचेतना कार्यक्रम भएको छ । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ, लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजन, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजन र लियो क्लव अफ हेटौंडा मुक्तिनाथ प्याराडाइजको आयोजना भएको मधुमेह जाँच कार्यक्रममा १२१ जनाले सेवा लिएका थिए ।

डिष्ट्रिक डेपुटी चिफ अंकिता सुमार्गीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवका राजेश वाग्ले, सुशान्त खतिवडा, सुदिन पौडेल, राहुल जालान, विनोद वाग्ले, अस्मिता अर्याल, सुमन अर्याल, विकेश लामालगायतकाको उपस्थिति रहेको थियो । लायन्स र लियो मिलेर विभिन्न सामाजिक कार्यक्रम गर्ने अभियानअन्तर्गत निशुल्क मधुमेह जाँच गरिएको र आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिइने लियो क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनका अध्यक्ष प्रतिक कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here