हेटाैंडा- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर संघीय क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको मत परिणाम सार्वजनिक भएको छ ।
मत परिणाम अनुसार प्रत्यक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र निलम देवकोटा (४९३) मतले विजयी भएका छन् ।

प्रत्यक्ष खुलातर्फ इश्वर पाठक (६००), शंकर न्यौपाने (३०८), जयराम लामिछाने (६७०), टेकनाथ शिवकोटी (३५५), बुद्ध लामा (६०३), भरत लामा (४४० ), ठाकुरराम तितुङ (४२०), राजकुमार मल्ल (३६३), राज मैनाली (३३२), सन्तबहादुर प्रजा (५१८) मतले विजयी भएका छन् ।
खस आर्य खुलातर्फ राजेश भेटवाल (६७६), आदिवासी जनजाति महिलातर्फ गोरी माया लामा (५४३), जानकी लामा (४११) र निर्मला हिम्डुङ (३९४) विजयी भए । ।

आदिवासी जनजाति खुलातर्फ जमानसिं वाईबा (५७७), चित्रबहादुर थापा (५४४), रामचन्द्र थिङ (५४९), रत्नबहादुर गोले (५०५), दलिततर्फ शान्ताकुमारी विक (५५१), मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगतर्फ सूर्यबहादुर रुम्बा (४७१) मतले बिजयी भए ।

संघीय सभापतिमा लोक मोक्तान विजयी भएका छन् । उनले ६२० मत ल्याए भने उनका प्रतिष्पर्धी इश्वरराज पौडेलले ३५३ मत ल्याए । त्यस्तै, सचिवमा थलबहादुर थापा (सन्तोष) ५२७ र बलराम घिमिरे ४६२ मत ल्याएर विजयी भए । सहसचिवमा निर्मला रुम्बा र बिनोद थापा निर्विरोध भएका थिए ।

साेमबार भएकाे निर्वाचनमा क्षेत्र नम्बर २ मा १०९१ मत रहेकाेमा १०४२ मत खसेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here