हेटाैंडा- नेपाली कांग्रेसकाे १४ ओैं महाधिवेशनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ मा युवा नेता राजेश भेटवाल महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतका साथ विजयी भएका छन् ।

हेटाैंडा-१९ स्थायी निवासी तरुण नेता भेटवाल ६ सय ७६ मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । साेमबार भएकाे निर्वाचनकाे नतिजा मंगलबार साँझ सार्वजनिक भएकाे हाे ।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत १०४२ मत खसेकाेमा भेटवालकाे पक्षमा ६ सय ७६ मत खसेकाे थियाे । खस आर्यतर्फ उम्मेद्वार भेटवालका प्रतिद्धन्द्धी
नारायण उप्रेतीकाे २ सय १८ मत मात्र प्राप्त गर्दा भेटवालकाे पक्षमा ६ सय ७६ मत खसेकाे हाे ।

बस्तीपुर जेसीज हाँडीखाेलाका अध्यक्षसमेत रहेका भेटवाल निर्माण व्यवसायका साथै सामाजिक क्रियाकलापमा सक्रिय छन् । उनी तरुण दलका केन्द्रीय प्रतिनिधिसमेत हुन् । मत परिणाम अनुसार प्रत्यक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र निलम देवकोटा (४९३) मतले विजयी भएका छन् ।

प्रत्यक्ष खुलातर्फ इश्वर पाठक (६००), शंकर न्यौपाने (३०८), जयराम लामिछाने (६७०), टेकनाथ शिवकोटी (३५५), बुद्ध लामा (६०३), भरत लामा (४४० ), ठाकुरराम तितुङ (४२०), राजकुमार मल्ल (३६३), राज मैनाली (३३२), सन्तबहादुर प्रजा (५१८) मतले विजयी भएका छन् । आदिवासी जनजाति महिलातर्फ गोरी माया लामा (५४३), जानकी लामा (४११) र निर्मला हिम्डुङ (३९४) विजयी भए ।

आदिवासी जनजाति खुलातर्फ जमानसिं वाईबा (५७७), चित्रबहादुर थापा (५४४), रामचन्द्र थिङ (५४९), रत्नबहादुर गोले (५०५), दलिततर्फ शान्ताकुमारी विक (५५१), मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगतर्फ सूर्यबहादुर रुम्बा (४७१) मतले बिजयी भए ।

संघीय सभापतिमा लोक मोक्तान विजयी भएका छन् । उनले ६२० मत ल्याए भने उनका प्रतिष्पर्धी इश्वरराज पौडेलले ३५३ मत ल्याए । त्यस्तै, सचिवमा थलबहादुर थापा (सन्तोष) ५२७ र बलराम घिमिरे ४६२ मत ल्याएर विजयी भए । सहसचिवमा निर्मला रुम्बा र बिनोद थापा निर्विरोध भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here