हेटौंडा– हेटौंडा लेडी जेसीजले आजदेखि सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । लेडी जेसीजकी अध्यक्ष प्रतिमा श्रेष्ठले आजदेखि मंसि १४ गतेसम्म विभिन्न कार्यक्रम गर्न लागिएको जानकारी दिइन् ।
पहिलो कार्यक्रमको रुपमा आज लेडी जेसीज र महिला पत्रकार फुटसल प्रतियोगिता हुनेछ । हेटौंडा फुटसल एण्ड स्पोर्ट सेन्टर हेटौंडा–४ कमल डाँडामा हुने उक्त कार्यक्रमको संयोजकमा इन्दिरा बानियाँलाई जिम्मेवारी दिइएको छ । आजै बिहान १० बजे स्व. बासु प्रसाद पौडेल स्मृतिमा मनहरी गाउँपालिका वडा नम्वर १ चकरीस्थित श्री प्राविका विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने रहेको छ ।

दिउँसो २ बजे हेटौंडा–९ पाञ्चायन मन्दिरमा घरेलु सेनिटरी प्याड बनाउने तालिम दिन लागिएको छ । उक्त कार्यक्रमको संयोजकको रुपमा शिखा भट्टराई रहेकी छन् । यस्तै, सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन मंसिर ९ गते हेटौंडा–१ चौकिटोलमा स्वागत बोर्ड स्थापना गर्ने, हेटौंडा–४ मा महिला उद्यमशिलता सम्बन्धि तालिम र क्लब हेटौंडामा विद्यालय स्तरीय वक्तृत्वकलाको आयोजना हुनेछ ।
यस्तै, तेस्रो दिन मंसिर १० गते दिव्य सेवा निकेतनमा खाद्यन्न वितरण गर्ने, चौथो दिन क्लब हेटौंडामा संघीय बैठक प्रणाली तालिम र हेटौंडा–१ बाजोडाँडामा जेसीज गाउँ घोषणा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम, पाँचौ दिन मंसिर १२ गते हेटौंडा ४ हुप्राचौर गेट अगाडि महिला स्लो स्कुटि प्रतियेगिता, हेटौंडा–४ कमलडाँडामा महिला मयुरी अटो चालकलाई ट्राफिक नियम सचेतना एवं सेफ्टी ज्याकेट वितरण र उद्यमशिलता तालिमको आयोजना गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

यस्तै, कार्यक्रमको छैठौ दिन मंसिर १३ गते हेटौंडा–८ कमानेस्थित चन्द्रोदय माविमा महिला आत्मसुरक्षा तालिम, हेटौंडा–९ सिआन पुनः स्थापना केन्द्रमा लागूऔषध न्यूनीकरण सचेतना तथा हटवाटर डिष्पेसर वितरण गर्ने र सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन मंसिर १४ गते हेटौंडा–४ स्थित क्लब हेटौंडामा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरणको कार्यक्रमको आयोजना गरेको उनले बताइन् । मूल कार्यक्रम संयोजकमा कविता पौडेल र सह मुल कार्यक्रम संयोजकमा डिलमाया घर्ती रहेकी छन् ।¬

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here