तस्बिरः अनिल पराजुली

हेटौंडा– कान्तिलोकपथ सडक अन्तर्गत हेटौंडा–६ चुच्चेखोलामा भत्किएको सडक लामो समयसम्म पनि मर्मत नभएको भन्दै स्थानीयले कान्तिलोकपथ अवरुद्ध गरेका छन् । करिब ३ घण्टाअघिदेखि उक्त सडकमा मालबाहक र यात्रुबाहक सवारी सञ्चालन हुन सकेको छैन ।

सवारी आवतजावतमा नै समस्या हुने गरी सडक भत्किएको र उक्त सडक मर्मत गर्न पटकपटक सहमति गरिएता पनि कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । माग पुरा नभएको भन्दै स्थानीय बिहानै देखी सडकमा बसेर सडकमा सवारी रोकेका छन् ।

उक्त स्थानमा अहिले हेटौंडा ६ नम्बर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई सहित वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्ट उक्त क्षेत्रमा रहेको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । स्थानीय दुईदिन अघि मात्र उक्त सडकखण्ड अवरुद्ध गरेका थिए भने सडकखण्ड निर्माण पक्षले तुरुन्त सडक मर्मत गर्ने सहमति भएपछी अवरुद्ध सडक सञ्चालनमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here