हेटाैंडा- नेपाली कांग्रेसकाे १४ ओैं महाधिवेशनअन्तर्गत बागमती प्रदेशकाे अधिवेशनमा सभापतिका उम्मेद्वार ईन्द्रबहादुर बानियाँले भारी मत ल्याएका छन् । सभापतिमा ३ जनाकाे उम्मेदवारी रहेकाेमा बानियाँलाई कुल खसेकाे मतकाे ४८ प्रतिशत मत प्राप्त भएकाे थियाे ।

सभापतिका उम्मेद्वार बानियाँलाई ९९२ मत प्राप्त भएकाे थियाे । तीन जना उम्मेदवारमध्ये बानियाँलाई सबैभन्दा बढी मत प्राप्त भए पनि निर्वाचित हुन ५१ प्रतिशत मत आश्यक हुने पार्टीकाे विधानअनुसार पुनः मतदान हुने भएकाे छ । आज नै पुनः मतदान हुने बताइएकाे छ ।

सभापतिका अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याए भने भीमसेनदास पधानले १९७ मत ल्याएका छन् ।
कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको छ । कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here