हेटौंडा– बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बामगती प्रदेशका स्वास्थ्य संस्थाबाट दिईने सेवाको स्तरीयतामा कमी हुन नदिन निर्देशन दिएका छन् ।

मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको ‘आवश्यक निःशुल्क औषधी र स्वास्थ्य सामग्रीको परिमाण’ सम्बन्धी ३ दिने गोष्ठी समापन कार्यक्रममा बोल्दै मन्त्री लामाले नागरिकको स्वास्थ्य सधैं गुणस्तरीय र सर्वसुलभ हुनुपर्ने भन्दै यसतर्फ विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका हुन् ।

उनले स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवाका लागि आवश्यक औषधी र सामग्रीका लागि मन्त्रालयसंग माग गर्न भन्दै यसको व्यवस्था मन्त्रालयले गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूले बागमती प्रदेशका सबै जिल्लाका स्वास्थ्य संस्थाको निरीक्षण गर्ने र समस्याको समाधानको कामलाई दृढ भई समाधान गर्नै बताए ।

उनले यसअघिका कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लामाले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको जिम्मेवारी सरकारले लिने बताए । उनले कोरोनाको नयाँ भेरियन्टको जोखिमबारे पूर्वानुमान गर्दै ‘अर्लट’ अवस्थामा रहन समेत सबै जिल्लाका स्वास्थ्य संस्थालाई निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, मन्त्रालयका प्रवक्ता बरिष्ठ जनस्वास्थ्य प्रशासक बसन्त अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. अर्जुन सापकोटा, स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वरमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । तीन दिने गोष्ठीमा विभिन्न जिल्लाका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, स्टोर किपर र फार्मसिष्टहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here