हेटौंडा–चर्चित चेन सुपरमार्केट भाटभटेनीले बागमती प्रदेशको राजधानी हेटौंडामा पनि सेवा सुरु गरेको छ । बुधबारबाट हेटौंडा–२ स्थित चौकीटोलमा सुपरमार्केटको २० औं शाखाको रुपमा सेवा सुरु गरेको हो ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले स्टोरको शुभारम्भ गरे । अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभिायन अन्तरगत हेटौंडामा पनि शाखा सञ्चालनमा आएको बताउँदै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधा दिने र युवाहरुलाई रोजगारी उपलव्ध गराउने प्रतिवद्धता जनाए । उनले स्टोरको आम्दानीबाट आफूहरुले सामाजिक हितका कामसमेत गर्ने बताए ।

शुभारम्भको अवसरमा ग्रोसरी, लत्ता–कपडा लगाएत सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतिय सामग्रीमा २० प्रतिशत छुट उपलब्ध रहेको भाटभटेनी सुपर मार्केटका बजार व्यवस्थापक विनोद भट्टराईले बताए । साढे १४ कट्ठामा क्षेत्रफल रहेको स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको छ । दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए ।

स्टोरमा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान, कस्मेटिक सामग्री, किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गारका सामग्री, महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता, ब्राण्डेड फेन्सी सामग्री, जुत्ता–चप्पल लगायतका फुटवेयर सामग्री, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री,फर्निचर लगाएत दैनिक उपभोग्य सम्पूर्ण सामानहरु उपलब्ध रहेको बजार व्यवस्थापक भट्टराइले बताए ।


भाटभटेनीमा केएफसीको तेह्रौं शाखा
यसैबीच भाटभटेनी सुपरमार्केटमा अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीको शाखा सुरु गरिएको छ । केएफसीको यो नेपालमा १३ औं शाखा हो । यस आउटलेटमा केएफसीका बिभिन्न चिकेन परिकारसंगै बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागि स्वास्थ्य सुरक्षा नीति समेत अवलम्बन गरको छ । १८८० वर्ग फिटमा खोलिएको रेष्टुरेन्टले एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here