सर्लाही–सर्लाहीमा जाडो छल्न बालिएको आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । गोडैता नगरपालिकामा आगो ताप्ने क्रममा जलेर गोडैता नगरपालिका–११, सिसौटिया बस्ने ७५ वर्षीया बृद्धा देवकली देवीको मृत्यु भएको हो ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते भएकी बृद्धाको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गएराति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चिसो छल्न अहिले गाउँघरमा आगो बालेर ताप्ने क्रममा जल्ने तथा आगलागीका घटना बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here