हेटौंडा– कोरोना भाइरसको महामारी पुनः तीव्र रुपमा फैलन थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा प्रवाहमा कटौती गरेको छ । अब प्रशासनमार्फत सेवा लिन कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ भने कागजपत्र बनाउन अत्यावश्यक भएको प्रमाण भएमा मात्र सेवा दिइने जनाइएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएकोले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनबारे बिहीबार सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने सेवा कटौती गरिएको गरेको जानकारी दिए ।

राहदानीको बायोमेट्रिक गर्न अनिवार्य एप्वाइन्टमेट लिएर मात्र आउनुपर्ने, राष्ट्रिय परिचय पत्र बनाउन, नयाँ नागरिकता प्रतिलिपि नागरिकता लगायतका अन्य सेवाहरु अति आवश्यक भएका प्रमाण भएमा मात्र प्रदान गरिने सूचनामा उल्लख गरिएके छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here