हेटौंडा–यस वर्षको मनमाया स्मृति गजल पुरस्कार हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा माध्यमिक तहमा अध्ययनरत छात्र रियाज कार्कीले प्राप्त गरेका छन् । गजल मञ्च मकवानपुरले माध्यमिक तहका विद्यार्थीबीच गजल प्रतियोगिता गराई सर्वोत्कृष्ट छनौट हुनेलाई हरेक वर्ष मनमाया स्मृति गजल पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

यस वर्षको प्रतियोगितामा पनि जिल्लाका विभिन्न विद्यालयका १६ जनाले भाग लिएकोमा कार्की सर्वोत्कृष्ट छनौट भएका हुन् । उनलाई दुइ हजार पाँच सय रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ । प्रतियोगितामा भाग लिएकामध्ये उत्कृष्ट ७ छनौट गरी शनिबार गजल बाचनको लागि बोलाइएको थियो । मञ्चको १८८ औं गजल यात्रा तथा गजल यात्रा–३ पुस्तक विमोचन कार्यक्रमकाबीच सर्वोत्कृष्ट गजलसमेत छनौट गरिएको थियो ।

प्रतियोगिताको निर्णायकको रुपमा मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्य र विश्वनाथ सञ्जेल रहेका थिए । गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा गजल पुरस्कारको स्थापना गरिएको हो । हरेक वर्ष माध्यमिक तहका विद्यार्थीबीच गजल प्रतियोगिता गराई दिइने पुरस्कारको राशी आगामी वर्षबाट पाँच हजार रुपैयाँ पु¥याइने भएको छ ।

माध्यमिक तहमा अध्ययनरत प्रसन्ना चौलागाई, रोश्नी चौलागाई, भोजराज बोलखे, आयुष्मा भण्डारी, आयुष विष्ट र प्रतिक कर्ण उत्कृष्ट ७ मा छनौट भएका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गीतकार तथा गजलकार तुलसी घिमिरे र नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।

नियमित गजल बाचनको कार्यक्रमअन्तर्गत श्रीराम अधिकारी, हयग्रीव आचार्य, डीवी वर्तौला, अनिल कोइराला, सानु खनाल, मेनु तिमल्सिना, चिरञ्जीवी लामिछाने, ध्रुव सञ्जेल, गान्धी गौतमलगायतले गजल बाचन गरेका थिए ।

कार्यक्रमकैबीच मञ्च मकवानपुरले गजल यात्रा–३ पुस्तक पनि विमोचन गरेको छ । पुस्तकमा मकवानपुुरका ५९ जना गजलकारको गजल समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here