हेटौंडा–नेपाली लेखक सङ्घ मकवानपुरले होली मिलन विशेष रचना बाचन कार्यक्रमको आयोजना गरेको छ । शनिबार मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रमकाबीच रचना बाचन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
सङ्घका अध्यक्ष छवि अनित्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, नेपाली कांग्रेस मकवानपुरका नेता एवम् हेटौंडा उपमहानगरपालिका निवर्तमान सभापति आनन्दराम पराजुली, लेखक सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, निवर्तमान अध्यक्ष विष्णुप्रसाद गौतम, सदस्य डा. लोकराज शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सङ्घकी सल्लाहकार मुना अर्याल, हेमन्त ढुङ्गेल, दिनेशकुमार शर्मा, सानु खनाल, देवराज तिवारीलगायतले रचना बाचन गरेका थिए ।