हेटाैंडा- मकवानपुरको बकैयामा सरकारी कर्मचारीले आचार संहिताकाे उल्लंघन गर्दै राजनैतिक दलको चुनाव प्रचार प्रसारमा देखिएका छन्।

मकवानपुरको बकैया-४ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयकी नर्स रोशना लामिछाने,सोहि विद्यालयका शिक्षक प्रकाश थापा एमालेको चुनाव प्रचार प्रसारमा खुलेआम लागेका छन्।
स्रोतका अनुसार उनीहरू विद्यालय नगएरै एमालेका उम्मेदवार जिताऔ भन्दै खुलेआम भोट मागिरहेको बुझिएको छ।
सरकारी कर्मचारी,नेपाल सरकार,प्रदेश सरकार र स्थानीय सरकारको तलब भत्ता खाने जो कोही सरकारी कर्मचारीले कुनैपनि राजनैतिक दलको प्रचार प्रसार गरे,सामाजिक सञ्जालमा खुलेआम भोट मागे आचार संहित विपरीत र उल्लंघन मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here