हेटाैंडा-शुक्रबार भएको स्थानिय तह निर्वाचनमा    हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा  पुन: सबिन न्यौपाने विजयी भएका छन् ।

हेटौंडा–१ मा नेपाली कांग्रेसका उम्मेदवार तथा युवा नेता सविन न्यौपाने वडा अध्यक्षमा १४४२ मतका साथ विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेलभन्दा १३१ मत बढी ल्याएर विजयी भए । 

उनका प्रतिद्वन्दी एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुजन शाहीले २०७ मत ल्याएका छन् ।

वडा नम्वर १ मा कूल ३ हजार २ सय ८६ मतदाता रहेकाेमा  कूल ३ हजार २ सय ८६ मत खसेको थियो । न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका थिए ।  हेटौंडाको मतगणना जारी रहँदा मेयर र उपमेयरमा सत्तारुढ गठबन्धन अगाडि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here