हेटाैंडा- मकवानपुरकाे भीमफेदी गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् ।

लामाले गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार बद्रीबहादुर स्याङतानलाई पराजित गरेका हुन् । सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले ५५९१ मत प्राप्त गर्दा माओवादीका स्याङ्तानले ५२०९ मत प्राप्त गरे । लामा यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ झिनाे मतान्तरले विजयी भए । उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे । श्रेष्ठले ५३१५ मत प्राप्त गरे भने रानाले ५२९९ मत प्राप्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here