हेटौंडा– मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

अधिकारीलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले नेपाली कांग्रेस सधैं व्यवसायीका समस्या समाधानमा तत्पर रहेको बताए । कांग्रेसले नै आर्थिक क्षेत्रमा सरकारसंगै नीजि क्षेत्रलाई सहभागी गराउने नीति ल्याएको बताए । पोल्ट्री व्यवसायमा सक्रिय अधिकारी मकवानपुर उद्योग बाणिज्य संघका बस्तुगततर्फका उपाध्यक्ष रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश सभापति एवं हेटौंडा नगरपालिकाका उपप्रमुख राजेश बानियाँ लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here